बिकाश काफ्ले/मध्यान्ह
पाल्पा, ११ जेठ । पाल्पामा अवैध काठसहित दुई जना पक्राउ गरेका छन् । जिल्लाको तानसेन–१३, केरादीदेखि बुटवलका लागि छुटेको लु १ ज नम्बरको जीपमा राखिएको सालको काठसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार बुधबार विहान तानसेनको बसपार्कमा प्रहरी चेकजाँचका क्रममा जीपमा राखिएको २४ थान सालको काठ प्रहरीले बरामद गरेको हो । काठसहित पक्राउ परेका उनीहरुलाई डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies