काठमाडौंः प्रहरीले १ हजार २२२ एम्पुल लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरी विहुल गाउँपालिका–३ का २२ वर्षीय मनिषकुमार साह, ३२ वर्षीय भोलाप्रसाद साह, १९ वर्षीय कुमार साह र २४ वर्षीय बालकुमार दास रहेका छन् ।
प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–९ पिङ्गलास्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका चारैजनालाई लागू औषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत लागूऔषध मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको ब्यूरोका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies