२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

सबै निर्वाचन क्षेत्रमा मतपत्र पुग्योः आयोग

shivam cement
२०८२ फागुन १४ गते १५:१०
Shares
सबै निर्वाचन क्षेत्रमा मतपत्र पुग्योः आयोग

काठमाडौँः प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मतपत्र पुगेको निर्वाचन आयोगले जनाएको छ । आयोगले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा समानुपातिक र प्रत्यक्षतर्फको मतपत्र पुगेको जानकारी दिएको छ ।

आयोगका मुद्रण अधिकृत बाबुराम कोईरालाले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कार्यतालिकाअनुसार नै मतपत्र छपाई र ढुवानी कार्य सम्पन्न भएको जानकारी दिए । उनका अनुसार समानुपातिक निर्वाचनतर्फ दुई करोड ८ लाख ३० हजार र प्रत्यक्षतर्फ दुई करोड तीन लाख २३ हजार गरी कुल चार करोड ११ लाख ५३ हजार मतपत्र छपाई गरी ढुवानी गरिएको हो । 

सबै मतपत्र १ सय ६५ वटै निर्वाचन क्षेत्रमा सुरक्षित रूपमा पुर्‍याइसकिएको उनले बताए । उनकाअनुसार आयोगले २०८२ माघ २९ गतेदेखि मतपत्र ढुवानी कार्य हवाई तथा स्थलमार्गबाट एकसाथ सुरु गरेको थियो । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, मधेस प्रदेश र वागमती प्रदेशमा क्रमशः मतपत्र ढुवानी गरिएको उनले जानकारी दिए । २०८२ पुस २२ गतेबाट मतपत्र छपाई कार्य सुरु गरी फागुन ५ गते छपाई सम्पन्न गरिएको आयोगले जनाएको छ ।  

सम्बन्धित खबर