काठमाडौं : गरिमा विकास बैंकले काठमाडौंको त्रिपुरेश्वरमास्थित ब्लुक्रस हस्पिटलसँग सम्झौता गरेको छ ।
बैंकले ग्राहकलाई हस्पिटलले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा आर्कषक छुटको लागि सम्झौता गरेको हो । यस सम्झौता अनुसार ब्लुक्रस हस्पिटलले बैंकका मोबाईल बैंकिङ तथा डेबिट कार्ड प्रयोगकर्तालाई स्ट्यान्डर्ड हेल्थ प्याकेज र वार्षिक हेल्थ स्क्रिीनिङ्ग प्याकेजमा ४५ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ । साथै, अन्य स्वास्थ्य सेवाहरुमा पनि अस्पतालले छुट प्रदान गर्नेछ ।
हाल, यस विकास बैंकले नेपालभर ११९ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय एवं ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरीय बैकिङ सेवा दिदै आईरहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies