२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

पोखरामा एनसेल सेन्टर पुनः सञ्चालनमा 

shivam cement
२०८२ फागुन १४ गते २१:०४
Shares
पोखरामा एनसेल सेन्टर पुनः सञ्चालनमा 

काठमाडौं : एनसेलले पोखरामा आफ्नो एनसेल सेन्टर पुनः सञ्चालनमा ल्याएको छ । सिर्जना चोक, पोखरामा रहेको सेन्टर जेनजी आन्दोलनका बेला तोडफोडपश्चात क्षति पुगेपछि बन्द रहेको थियो ।

बिहीबार एक कार्यक्रममाझ मर्मतसम्भार पश्चात पुनः सञ्चालनमा ल्याइएको सेन्टरको उद्घटन गरिएको छ । एनसेलकी ग्राहक सेवा प्रबन्धक ज्योति दाहाल र पोखरा नुडल्सका एचआर अफिसर यम प्रसाद गौतमले एनसेल सेन्टरको उद्घाटन गरेका हुन् । सेन्टरमा क्षति पुगेर बन्द भएपछि कम्पनीले अस्थायी रूपमा ग्राहक सेवाहरू एक तल्लामाथि रहेको कार्यलयबाट प्रदान गर्दै आएको थियो । 

‘पोखरा सेन्टर बन्द हुँदा ग्राहकवर्गमा पर्न गएको असुविधा प्रति हामी क्षमाप्रार्थी छौं । ग्राहकहरूलाई उच्चस्तरीय सेवा अनुभव प्रदान गर्दै निरन्तर सेवा प्रदान गर्नका लागि पोखरामा एनसेल सेन्टर पुनः सञ्चालनमा ल्याउन पाएकोमा खुसी छौं,’ दाहालले भनिन् । कम्पनीले आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यका साथ सेन्टर पुनः सञ्चालनमा ल्याएको हो । 

यो सेन्टरबाट ग्राहकहरूले सबै ग्राहक सेवा प्राप्त गर्न सक्छन् । ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङको जानकारीलगायत विभिन्न कर्पोरेट सेवाहरू समेत लिन सक्छन् । यसैगरी ग्राहकहरूले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम इसिममा अपग्रेड गर्ने, सीयुजी नम्बरहरूको आवश्यक फेरबदल गर्ने, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्नेलगायतका ग्राहक सेवाहरू प्राप्त गर्न सक्छन् ।

पोखरा एनसेल सेन्टरको पुनः सञ्चालनले ग्राहकहरूलाई स्थानीय रूपमा विश्वस्तरीय सेवाहरू प्रदान गर्न कम्पनी सधैं प्रतिबद्ध रहेको पुष्टि गर्दछ । ग्राहक सेवालाई अझ सहज र गुणस्तरीय बनाउन एनसेलले देशका विभिन्न भागमा ३१ वटा एनसेल सेन्टरहरू सञ्चालन गर्दै आएको छ ।

सम्बन्धित खबर