२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना

shivam cement
२०८२ फागुन १५ गते ०९:०२
Shares
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ : हाल नेपालको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

जसको प्रभावले हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधरणतया बादल लागेको छ र बाँकी पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको छ । 

आज दिउसो तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू-भागमा साधरणतया बादल लाग्नेछ, बाँकी हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी र हिमाली भू-भागका एक–दुई स्थानमा चट्यांगसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।  

आज राति तराई भू-भागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ ।  देशका हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ, पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र तराई भू-भागमा मौसम मुख्यतया सफा रहने । 

सम्बन्धित खबर