काठमाडौंः एक्सपोज नेपालले महिनावारी दिवसको अवसरमा काठमाडौंमा बृहत साइकल र्याली गर्ने भएको छ । २८ मे अर्थात् यही जेठ १४ गते शनिबार काठमाडौंको बसन्तपुरदेखि ललितपुरको मंगलबजारसम्म साइकल र्याली गरिने संस्थाका अध्यक्ष ज्ञान महर्जनले जानकारी दिए ।
बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै एक्सपोज नेपालले ‘विद्यालयमा महिनावारी’ भन्ने सन्देशका साथ वातावरणमैत्री पुनः प्रयोग गर्न मिल्ने प्याडको प्रयोगबारे चेतना जगाउन वातावरण मैत्री सवारीको प्रयोगबाट र्याली आयोजना गरिएको जानकारी दिएको हो ।
बिहान साढे सात बजे बसन्तपुरबाट सुरु हुने र्याली दरबारमार्ग, पुतलीसडक, अनामनगर, थापागाउँ, बानेश्वर, बबरमहल, थापाथली हुँदै पुल्चोक, जावलाखेल, लगनखेलबाट मंगलबजार पुगी समापन हुनेछ । र्यालीमा ३०० जना साइकलयात्रीहरुले सहभागिता जनाउनेछन् । मंगलबजारमा हुने समापन कार्यक्रमलाई उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सम्बोधन गर्ने जनाएको छ । एक्सपोज नेपाल महिलामाथि हुने सबैखाले हिंसा र महिनावारी स्वच्छताको विषयमा काम गर्दै आइरहेको संस्था हुन् ।
सन् २००७ मा स्थापना भएको सो संस्थाले महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउने, हिंसा न्यूनीकरणका लागि महिला पुरुष दुवैलाई चेतना अभिवृद्धि गर्ने, स्वस्थ महिनावारीका बारेमा कार्यक्रम गर्नुका साथै पुनः प्रयोग गर्न सकिने प्याड निमार्ण र बिक्रिवितरण गर्दै आइरहेको छ ।
संस्थाले विभिन्न स्थानीय तहसँगको सहकार्यमा सीप प्रदान गरी हालसम्म २३ जिल्लाका ४ हजार ९ सय जना महिलालाई चेतना अभिवृद्धिसहित आर्थिक उपार्जनका लागि काम गरिरहेको अध्यक्ष महर्जनले जानकारी दिए ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2022 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies