शिवराज परियार/मध्यान्ह
काठमाडौं : प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष ओलीले वर्तमान सरकारको कुटनीतिक सन्तुलन कायम नराखेको भनी प्रश्न उठाएका छन् ।
नेपालको संविधानमै सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्ने भन्ने रहेकोमा वर्तमान सरकारले कुनै एक देशको पक्षमा लागेको भास हुने गरी गतिविधि गर्न थालेको ओलीको आरोप छ ।
खासगरी ओलीले अमेरिकी विदेश मन्त्रालयको नागरिक सुरक्षा, प्रजातन्त्र तथा मानवअधिकार सम्बन्धी उपमन्त्री उज्रा जियाको नेपाल भ्रमणलाई लिएर प्रश्न उठाएका हुन् । उपमन्त्री उज्रा जियालाई नेपालस्थित तिब्बती शरणार्थी क्याम्पमा पु¥याएर शरणार्थीहरुलाई उक्साउने काम नेपाल सरकारले गरेको आरोप ओलीको छ ।
‘अमेरिकी विदेशमन्त्री नेपाल आउनु भयो । सरकारले घुमायो र नेपाल सरकारले शरणार्थी क्याम्पमा पुर्याएर फ्रि तिब्बतको विषयलाई उठाउन मद्दत ग¥यो’ ओलीले भनेका छन् ।
संविधानमा नै सन्तुलित परराष्ट्र नीति र नेपालको भूमि कुनै पनि देशका विरुद्ध प्रयोग हुन नदिने वाचा सरकारले भुलेको भन्दै उनले थपे, ‘तर, सरकारले संविधान विपरित सन्तुलित कूटनीति उल्लंघन ग¥यो । यो आपत्तिजनक छ ।’
प्रधानमन्त्री ओलीले सांसदहरुलाई संसदमा र सार्वजनिक रुपमा समेत सरकारको कुटनीतिक असन्तुलनको विषय उठाउन निर्देश गरेका छन् ।
एमालेका उपमहासचिव एवं पूर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली सरकारको विदेश सम्बन्धका व्यवहारमाथि प्रश्न उठाउनैपर्ने भएर बोलिएको प्रष्टीकरण दिएका छन् ।
‘सरकारलाई सच्याउनु प्रमुख विपक्षीको दायित्व हो’ ज्ञवाली थप्छन्, ‘सरकारको व्यवहार अमेरिकातिर ढल्के जस्तो हुनु भएन नि । त्यस्तो नहोस भन्नका लागि प्रतिपक्षको हैसियतमा सचेत गराउन मात्रै खोजिएको हो ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies