सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : रौतहटको गरुडा नगरपालिकामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । एमालेका तर्फबाट प्रमुखमा कन्थमनी प्रसाद कलवार र उपप्रमुखमा नेपाली कांग्रेसका पुनम कुमारी चौधरी निर्वाचित भएका छन् ।
नगरपालिकामा एमालेका कन्थमनी प्रसाद कलवारले नेकपा एकिकृत समाजवादीका मेयर उम्मेदवार व्रिजकिशोर प्रसाद यादवलाई ३८ मतान्तरले पछि पार्दै मेयर पदमा विजयी भएका हुन् । नवनिर्वाचित नगर प्रमुख कलवारले ४ हजार ५६४ मत पाउँदा यादवले ४ हजार ५२६ मत पाएका थिए ।
उपमेयरमा कांग्रसका उम्मेदवार रहेकी पुनम कुमारी चौधरीले जसपाकी विन्दु कुमारी देवीलाई २ हजार २२६ मतान्तरले पछि पार्दै उपमेयर पदमा विजयी भएकी हुन् । चौधरीले ६ हजार ७०३ मत प्राप्त गर्दा देवीले ४ हजार ४७७ मत प्राप्त गरिन् । यससँगै एमालेले रौतहटमा ३ पालिकामा जित हात पारेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies