२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

मतदानकै दिन साँझदेखि मतगणना सुरु हुने, नतिजा छिटो सार्वजनिक गर्ने आयोगको लक्ष्य

shivam cement
२०८२ फागुन १५ गते १७:४०
Shares
मतदानकै दिन साँझदेखि मतगणना सुरु हुने, नतिजा छिटो सार्वजनिक गर्ने आयोगको लक्ष्य

काठमाडौं : निर्वाचन आयोगले यस पटक मतपेटिका संकलनको समय घटाउने र मतदानकै दिन साँझबाट मतगणना शुरु गर्ने योजना बनाएको छ । 

मतदाताको प्रतीक्षाको समय छोट्याउन आयोगले यस्तो रणनीति लिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका हुन् । निर्वाचन आयोगले मतदान सम्पन्न भएलगत्तै छिटोभन्दा छिटो नतिजा सार्वजनिक गर्नेगरी तयारी तीव्र पारेको उनले बताए ।

प्रवक्ता भट्टराईकाअनुसार विगतका अनुभवहरूलाई ध्यानमा राख्दै यो पटक मतपेटिका संकलन गर्ने समयलाई उल्लेख्य रूपमा घटाइनेछ । आयोगको योजनाअनुसार मतदान सकिएकै दिन साँझबाट मतगणना शुरु गर्ने कार्यलाई प्राथमिकता दिइनेछ । यसका लागि राजनीतिक दलहरूसँगको समन्वयमा मतदान हुनुपूर्व नै मतगणना स्थल र आवश्यक व्यवस्थापन मिलाइसकिने उनले बताए । मतदाताहरूको नतिजा सुन्ने व्यग्रतालाई सम्बोधन गर्न आयोगले यो ‘गुड इन्टेन्सन’ राखेको प्रवक्ता भट्टराईले स्पष्ट पारे ।

स्थानीय स्तरमा आउनसक्ने प्राविधिक कठिनाइहरूलाई ध्यानमा राख्दै आयोगले अप्टिमम रूपमा काम गर्ने लक्ष्य लिएको छ । धेरैजसो निर्वाचन क्षेत्रमा मतगणना स्थलहरू जिल्ला सुरक्षा समितिसँगको समन्वयमा तोकिसकिएको पनि उनले जानकारी दिए ।

सम्बन्धित खबर