२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

रौतहट–३ मा कांग्रेसका निर्वाचित वडा सदस्यसहित १ सय ७५ जना एमालेमा प्रवेश

shivam cement
कृष्ण तिवारी
२०८२ फागुन १५ गते २१:००
Shares
रौतहट–३ मा कांग्रेसका निर्वाचित वडा सदस्यसहित १ सय ७५ जना एमालेमा प्रवेश

रौतहट : फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा रौतहट निर्वाचन क्षेत्र नं. ३ मा राजनीतिक समीकरण नाटकीय रूपमा परिवर्तन हुँदै गएको छ । निर्वाचन आउन अब मात्र ६ दिन बाँकी रहँदा नेपाली कांग्रेसका निर्वाचित वडा सदस्यसहित विभिन्न दलका १ सय ७५ जना प्रभावशाली नेता–कार्यकर्ताले पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् । 

शुक्रबार कटहरिया नगरपालिका–बहादुरपुर गाउँमा आयोजित कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा रौतहट–३ का प्रतिनिधिसभा उम्मेदवार कुन्दन कुशवाहा को घरदैलो अभियानका क्रममा उनीहरू औपचारिक रूपमा एमालेमा समाहित भएका हुन् । 

एमाले प्रवेश गर्नेहरूमा कांग्रेसबाट निर्वाचित वडा सदस्य रामेश्वर यादव, महिला वडा सदस्यका श्रीमान रामचन्द्र दरभंगलगायत स्थानीय तहमा प्रत्यक्ष प्रभाव राख्ने व्यक्तिहरू रहेका छन् । 

उनीहरूसँगै विभिन्न दल परित्याग गरी शंकर साह, नागेन्द्र बैठा, गगनदेव यादव, ननुलाल यादव, रामाधार यादव, रामबाबु यादव, धर्मेन्द्र यादव, कमलेश यादव, भैरो यादव, टईट यादव, बचेलाल यादव, शिवबालक यादव, बदन यादव, कासी साह, दशरथ यादव, लक्ष्मी यादव, जित्न यादव, पन्नालाल पण्डित, राजु पण्डित, छविलाल पण्डित, जोखन पण्डित, रामशंकर साह, हरिशंकर दास, नन्दकिशोर दास, अर्जुन दास, सुरेन्द्र यादव, रामेश्वर साह, सुरेन्द्र साह, जयमाङल साह, रामाविश्वास बैठा, जयकिशोर बैठा, रामाप्रवेस बैठा, नन्दलाल बैठा, धाताल साह, जमाजुदिन मियालगायत १ सय ७५ जना एमालेमा प्रवेश गरेको नवप्रवेशी वडा सदस्य रामेश्वर यादवले जानकारी दिएका छन् । 

निर्वाचनको अन्तिम चरणमा देखिएको यो ठूलो दल परिवर्तनलाई सामान्य घटना मान्न सकिँदैन । स्थानीय तहमा संगठन सम्हालेका वडा सदस्य, महिला नेतृत्वसँग जोडिएका व्यक्ति, युवा कार्यकर्ता र वडास्तरीय संरचना बोकेका व्यक्तिहरूको एकैपटक एमाले प्रवेशले रौतहट–३ मा शक्ति सन्तुलन एमालेतर्फ झुकेको स्पष्ट संकेत दिएको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार अन्य दलहरूभित्र देखिएको आन्तरिक असन्तुष्टि, उम्मेदवार चयनप्रति असहमति र कमजोर संगठनात्मक व्यवस्थापनका कारण कार्यकर्ता आधार खस्किँदै गएको छ । त्यसको प्रतिफलस्वरूप विकास, सुशासन र स्थिरताको स्पष्ट एजेन्डा बोकेर मैदानमा उत्रिएका कुशवाहातर्फ जनलहर आकर्षित भएको देखिन्छ ।

कुशवाहाले घरदैलो अभियानमार्फत स्थानीय आवश्यकता, पूर्वाधार विकास, रोजगारी र सुशासनलाई प्राथमिकतामा राख्दै जनतासँग प्रत्यक्ष संवाद गरिरहेका छन् । यही कारण निर्वाचनको संघारमै भएको यो व्यापक दल परिवर्तनले रौतहट–३ को प्रतिस्पर्धालाई मात्र होइन, अन्तिम नतिजालाई समेत निर्णायक रूपमा प्रभावित गर्ने आँकलन गर्न थालिएको छ ।

सम्बन्धित खबर