२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

प्रतिनिधिसभा सदस्य निर्वाचनः हुम्लामा हिउँ पन्छाएर सडक सञ्चालनको प्रयास

shivam cement
२०८२ फागुन १६ गते १४:०९
Shares
प्रतिनिधिसभा सदस्य निर्वाचनः हुम्लामा हिउँ पन्छाएर सडक सञ्चालनको प्रयास

हुम्लाः गत माघ दोस्रो साता परेको हिमपातपछि अवरुद्ध बनेको हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ हिल्सा सडक खण्ड र वडा–६ मा पर्ने न्यालु सडक खुलाउनका लागि काम सुरु भएको छ ।

प्रतिनिधिसभा सदस्यको निर्वाचन आउन केही दिन बाँकी हुँदा मतादातालाई आवतजावतमा सहज बनाउनका लागि हिउँले बन्द भएका सडक खुलाउन सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दले बताए । हिउँ जमेर सडक बन्द हुँदा सर्वसाधरणदेखि सवारी साधन बन्द हुँदै आएका थिए । 

हिल्सा सडक खुलाउन हिल्सा सिमकोट सडक आयोजनाले स्काभेटर काममा लगाइसकेको सहायक प्रमुख जिल्ला अधिकारी चन्दको भनाइ छ । यस्तै वडा नम्बर ६ को लिमी गाउँ जाने सडक नाम्खा गाउँपालिका र पूर्वधार विकास कार्यालयले दुई वटा स्काभेटर परिचालन गरिसकेको लिमीका वडाध्यक्ष पाल्जोर तामाङले बताए ।   

सम्बन्धित खबर