२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

शेरबहादुर देउवालाई विनम्रतापूर्वक आग्रह गरेर नेतृत्व छाड्न लगाएका हौँ : विश्वप्रकाश शर्मा

shivam cement
२०८२ फागुन १६ गते १६:४५
Shares
शेरबहादुर देउवालाई विनम्रतापूर्वक आग्रह गरेर नेतृत्व छाड्न लगाएका हौँ : विश्वप्रकाश शर्मा

काठमाडौँ : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेनजेड आन्दोलनको बेलामा प्रधानमन्त्री छाड्ने फेरि चुनावपछि बन्ने प्रयासमा रहेको भन्दै एमाले अध्यक्ष ओलीको आलोचना गरेका छन् ।

गुल्मी पुगेका उपसभापति शर्माले निवर्तमान सभापति शेरबहादुर देउवालाई आफूहरूले विनम्रतापूर्वक आग्रह गरेर नेतृत्व छाड्न लगाएको बताए ।

उनले एमालेलाई लक्षित गर्दै भने, अब अझै फेरि उनै अनुहार के भदौ २३ र २४ को विद्रोह थाहा छैन ? त्यो बेला देशमा प्रधानमन्त्री रहनुभएको को थियो थाहा छैन? हामी पनि सरकारमा थियौँ। कमजोरीको कुरा हामी पनि जिम्मेवारी लिन्छौँ, ‘सबै उहाँको टाउकोमा हाल्दैनौँ। तर जेनजेड को मुभमेन्टको बेलामा प्रधानमन्त्रीजीले छोड्नुपर्ने, फेरि जेनजेडको मुभमेन्ट सकेर चुनाव भइसकेपछि उहाँलाई नै प्रधानमन्त्री बनाउनुपर्ने ? भनेपछि बदलियो के ?’

सम्बन्धित खबर