२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

'निर्वाचनमा नगद चलखेल गर्नेहरूको उम्मेदवारी खारेज हुन्छ'

shivam cement
२०८२ फागुन १७ गते १३:५५
Shares
'निर्वाचनमा नगद चलखेल गर्नेहरूको उम्मेदवारी खारेज हुन्छ'

काठमाडौं : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा नगद चलखेल भएको पाइए कडा कारबाही हुने चेतावनी दिएका छन् ।

आइतबार नेपाल प्रेस काउन्सिलले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मौन अवधिमा निर्वाचन सामग्री र नगद एकैठाउँमा बरामद भए त्यस्ता उम्मेदवारको उम्मेदवारीनै खारेज हुने चेतावनी दिएका हुन् ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनमा नगद चलखेल भए आगामी ६ वर्षसम्म त्यस्ता उम्मेदवारहरुले निर्वाचनको कुनैपनि प्रक्रियामा भाग लिन नपाउने व्यवस्था गरिएकोतर्फ पनि सचेत गराए ।

उनले नगद चलखेल गर्ने उम्मेदवार विजयी भएको घोषणा भएपनि उनीहरुको उम्मेदवारी खारेज हुने पनि स्पष्ट पारे । 

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आयोगले निर्वाचन आचारसंहिताको परिपालनामा शून्य सहनशीलताको नीति लिएको पनि बताए । उनले मौन अवधिमा पनि निर्वाचन आचारसंहिताको पालना गराउने काममा सञ्चारमाध्यामहरूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गरे ।

सम्बन्धित खबर