२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

रुपन्देही-२ मा कांग्रेसलाई राप्रपाको समर्थन  

shivam cement
२०८२ फागुन १७ गते १५:२८
Shares
रुपन्देही-२ मा कांग्रेसलाई राप्रपाको समर्थन  

काठमाडौँ : बुटवलस्थित प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २, रुपन्देहीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय सार्वजनिक गरेको छ । 

यसअघि दर्ता गरिएको उम्मेदवारी प्राविधिक कारणले फिर्ता लिइसकेको राप्रपाले औपचारिक विज्ञप्तिमार्फत आफ्नो धारणा स्पष्ट पारेको हो ।

उक्त क्षेत्रबाट नेपाली कांग्रेसका तर्फबाट चुन्नप्रसाद शर्मा (पौडेल) प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहेका छन् । राप्रपाका क्षेत्रीय नेतृत्वका अनुसार समसामयिक आर्थिक, सामाजिक तथा विकास-सम्बन्धी नीतिगत प्राथमिकतामा कांग्रेससँग सामीप्यता देखिएकाले समर्थनको निर्णय गरिएको हो । पार्टीले स्थानीय संगठनात्मक एकतासमेत कायम राख्दै राजनीतिक समझदारीलाई निरन्तरता दिने सन्दर्भमा उक्त कदम चालिएको जनाएको छ ।

यस निर्णयले सो क्षेत्रमा नेकपा (एमाले)का उम्मेदवार विष्णुप्रसाद पौडेलको प्रतिस्पर्धात्मक अवस्थालाई प्रभाव पार्ने आँकलन गरिएको छ । 

उक्त निर्वाचन क्षेत्रमा नेकपा (एमाले)का विष्णुप्रसाद पौडेल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सुभाष पाण्डे तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेलसमेत प्रतिस्पर्धामा रहेका छन् ।

सम्बन्धित खबर