२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

व्यवसायी कडरियालाई मातृशोक

shivam cement
२०८२ फागुन १७ गते २१:४५
Shares
व्यवसायी कडरियालाई मातृशोक

काठमाडौं : युवा वैदेशिक रोजगार व्यवसायी तथा समाजसेवी भुपेन्द्र कडरियालाई मातृशोक परेको छ । 

राजधानीको बत्तीसपुतलीस्थित स्काई वे म्यानेजमेण्ट प्रा.लि.का चेयरम्यान तथा कडरिया बन्धु सेवा समाजका केन्द्रीय सचिव कडरियाकी आमा मन माया कडरियाको फागुन १६ गते शनिबार अपराह्न ७७ वर्षको उमेरमा निधन भएको हो ।

झापा जिल्लाको मेची नगरपालिका वडा नं. ९ धुलाबारी, तल्लो मागुरमाडीस्थित आफ्नै निवासमा कडरियाको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स्व. कडरियाका श्रीमान, १ छोरी र  दुई छोरा रहेका छन् ।

सम्बन्धित खबर