२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

काठमाडौंबाट मतदानका लागि गाउँ फर्कनेको संख्यामा वृद्धि

shivam cement
२०८२ फागुन १९ गते ११:३५
Shares
काठमाडौंबाट मतदानका लागि गाउँ फर्कनेको संख्यामा वृद्धि

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न र आफ्नो गाउँ-ठाउँको प्रतिनिधि छनोट गर्न काठमाडौं उपत्यकाबाट बाहिरिने सर्वसाधारणको संख्यामा वृद्धि भएको छ ।

निर्वाचनको मिति नजिकिँदै गर्दा संघीय राजधानीका प्रमुख नाका र बसपार्कहरूमा गाउँ फर्किनेहरूको लर्को लागेको छ । जसले मुलुकमा चुनावी माहोल उत्कर्षमा पुगेको संकेत गर्दछ ।

नयाँ बसपार्क (गोंगबु) र कलंकी क्षेत्रमा बिहानैदेखि यात्रुहरूको बाक्लो उपस्थिति देखिएको छ । विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेश प्रदेश जाने यात्रुहरूको संख्या उल्लेख्य रहेको छ ।

निर्वाचनलाई लोकतन्त्रको महापर्वको रूपमा लिँदै मतदाताहरूले आफ्नो व्यस्ततालाई थाँती राखेर गाउँ जाने बाटो रोजेका छन् । 

सम्बन्धित खबर