२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

युएईमा इरानको आक्रमणमा परी मृत्यु भएका श्रेष्ठको शव नेपाल ल्याउने तयारी

Nada
२०८२ फागुन १९ गते १८:३१
Shares
युएईमा इरानको आक्रमणमा परी मृत्यु भएका श्रेष्ठको शव नेपाल ल्याउने तयारी

काठमाडौंः इरानले युएईलाई लक्षित गरी गरेको हवाई आक्रमणमा परी मृत्यु भएका गोरखाका दिवस श्रेष्ठको शव नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

ncell

मंगलवार मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सो जानकारी गराएका हुन् । संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रुपमा कार्यरत २९ वर्षीय श्रेष्ठको निधन भएको थियो । 

क्षेत्रीले अहिले खाडी मुलुकहरुमा रहेका सबै नेपाली नागरिकहरु तथा ट्रान्जिटमा फसेका नागरिक समेत सुरक्षित रहेको रहेको त्यहाँस्थित नियोगहरुले जानकारी गराएको बताए । उनले खाडी क्षेत्रमा रहेका १० वटै नियोग तथा सरकारी निकायहरुबाट पछिल्लो घटनाक्रमबारे निरन्तर रुपमा प्रतिवेदन प्राप्त भइरहेको समेत जानकारी गराए । उनले मध्यपूर्वमा बढ्दो समस्याको कारण नेपाली नागरिकको सुरक्षासँग सम्बन्धीत समस्याको हल गर्न परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा इमरजेन्सी रेस्पोन्स टिम गठन गरिएको समेत जानकारी गराए ।   

uae

सम्बन्धित खबर