२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

प्रतिनिधि सभा निर्वाचनका लागि मतदान स्थल व्यवस्थापन तीव्र

shivam cement
२०८२ फागुन २० गते १३:३१
Shares
प्रतिनिधि सभा निर्वाचनका लागि मतदान स्थल व्यवस्थापन तीव्र

काठमाडौँ : प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीअन्तर्गत देशभरका मतदान केन्द्रमा संरचनागत व्यवस्थापन कार्य तीव्र पारिएको छ । बिहीबार बिहान ७ बजेदेखि मतदान प्रारम्भ हुने कार्यतालिका अनुसार आवश्यक पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्‍याइँदै छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लाका मतदान स्थलमा अस्थायी मतदान कक्ष (बुथ) निर्माण कार्य जारी रहेको छ । यस क्रममा निर्वाचन सुरक्षामा खटिएको प्रहरी संयन्त्रको सहकार्यमा स्थल व्यवस्थापन, प्रवेश-नियन्त्रण र मतदाताको आवतजावत सहज हुने ढाँचामा संरचना तयार पारिँदै छ ।

मतदान कक्ष स्थापना गर्न आवश्यक लाइन निर्धारण, गोपनीयता सुनिश्चित गर्ने पर्दा (टोरी) टाँस्ने, मतपेटिका राख्ने स्थान छुट्याउनेलगायतका प्राविधिक तथा व्यवस्थापकीय काम भइरहेको कार्यालयले जनाएको छ ।

निर्वाचन प्रक्रिया शान्तिपूर्ण, सुव्यवस्थित र मर्यादित ढंगले सम्पन्न गराउने उद्देश्यले भौतिक पूर्वतयारीसँगै सुरक्षात्मक प्रबन्धसमेत समानान्तर रूपमा अगाडि बढाइएको जनाइएको छ ।

सम्बन्धित खबर