२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

प्रतिनिधि सभा निर्वाचनको मतदान देशैभर सुरु

shivam cement
२०८२ फागुन २१ गते ०८:०३
Shares
प्रतिनिधि सभा निर्वाचनको मतदान देशैभर सुरु

काठमाडौँ : प्रतिनिधि सभा निर्वाचन २०८२ को मतदान शुरु भएको छ । आज बिहान ७ बजेदेखि देशभर मतदान शुरु भएको निर्वाचन आयोगले जानकारी दिएको हो ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आज बिहान ७ बजेदेखि देशव्यापी रुपमा मतदान सुरु भएको छ । नेपालका ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान गर्न पाउनेछन् ।

निर्वाचन आयोगले मतदाता परिचयपत्र, नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतीपत्र, राहदानी र लालपूर्जा देखाएर मतदान गर्न पाइने जनाएको छ । मतदानमा महिला र पुरुषको छुट्टाछुट्टै लाइन हुनेछ । अपांगता भएका, अशक्त, वृद्धवृद्धा, बिरामी, सुत्केरी, गर्भवतीहरुलाई लाइनमा बस्न नपर्ने विशेष सुविधा हुनेछ ।

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ ।

सम्बन्धित खबर