
काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ र पुराना भन्ने भाष्य देशको हितमा नभएकाले सही र गलतको भाष्य उपयुक्त हुने बताएका छन् ।
चितवन क्षेत्र नं. ३ को प्रहरी स्कुलबाट मतदान गर्दै उनले नयाँ र पुरानाको भाष्य गलत भएको बताए । नयाँ र पुराना भन्ने जो भाष्य बनाइएको छ, यो देशको हितमा छैन’, संयोजक प्रचण्डले भने, ‘नयाँ र पुराना होइन, सही र गलत भन्ने भाष्य बनाउनु पर्यो ।’ उनले अहिलेको सवाल नयाँ र पुरानाको नभएको उल्लेख गर्दै कसको योजना र कार्यक्रममा के छ भनेर हेर्नुपर्ने बताए ।
संयोजक प्रचण्डले राष्ट्र, जनता, लोकतन्त्र र प्रगतिको पक्षमा कुन दल छ भनेर पनि हेरेर मतदान गर्न अपिल पनि गरे । उनले भने, ‘सबैले आफ्नो विवेककको प्रयोग गरौं । सहीको पक्षमा उभिऔं ।’