
सुरक्षार्थ खटिएका प्रहरीको लापरबाहीले उदयपुरको कटारीमा गोली चल्दा मतपेटिकामा क्षति भएको छ ।
मतदान भर्खर सुरु भएका बेला कटारी–३ तरकारी तथा फलफूल बजार बिक्री केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा प्रहरी जवानको सर्टगनबाट गोली पडकिएको थियो । गोली पड्किंदा भर्खर चार मत खसेको मतपेटिकामा क्षति पुगेको छ । मतपत्रमा भने कुनै क्षति नभएकाले अर्को मतपेटिकामा राखेर अहिले मतदान सुरु भइरहेको छ ।
सुरक्षार्थ खटिएका प्रहरी लड्दा हतियार पड्केको कोशी प्रदेशका डीआईजी विनोद घिमिरेले प्रष्टिकरण दिएका छन् ।