
पहिलो संविधानसभापछिका तीन निर्वाचन बहिष्कार गर्दै आएका नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले बिहीबार रोल्पाबाट मतदान गरेका छन् । रोल्पाबाट उनको पार्टीबाट पोलिटब्युरो सदस्य चुडामणि वली उम्मेदवार छन् ।
उनी आफै उम्मेदवार नरहे पनि यसपटकको चुनावमा उनको दलले देशैभर उम्मेदवार उठाएको छ । त्यसैले विप्लवले परिवर्तन गाउँपालिका–३ थुनिकोट बाल शिक्षा माविको (क) केन्द्रबाट मतदान गरेका हुन् ।
चुनावी प्रचार र मतदानका लागि उनी जन्म गाउँ इरिबाङ पुगेका थिए । पछिल्लो समय कपिलवस्तु बस्दै आएका छन् । त्यही पार्टीमार्फत कृषि सहकारी चलाउँछन् ।