२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

१०५ वर्षीय खड्काले गरे मतदान

shivam cement
२०८२ फागुन २१ गते १०:०७
Shares
१०५ वर्षीय खड्काले गरे मतदान

काठमाडौंः बूढानीलकण्ठ नगरपालिका–२ चपली मतदान केन्द्रमा पहिलो मतदाताका रुपमा १०५ वर्षीय ज्येष्ठ नागरिक चन्द्रबहादुर खड्काले मतदान गरेका छन् ।

मतदानपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै ज्येष्ठ नागरिक खड्काले आफूलाई खुशी लागेको बताए । उनले भने, ‘यो उमेरमा पनि मतदान गर्न पाउँदा खुसी लागेको छ, देशले योग्य, इमानदार र जनताका पक्षमा काम गर्ने जनप्रतिनिधि पाओस् भन्ने मेरो कामना छ ।’

खड्काको यो सहभागिताले लोकतन्त्रप्रति नागरिकको जिम्मेवारी र कर्तब्यबोध गराएको स्थानीय सञ्चारकर्मी अनिता श्रेष्ठले बताइन् । मतदान केन्द्रमा लामबद्ध मतदाताहरूले उनीप्रति सम्मान प्रकट गर्दै धेरैले उनीसँग फोटो खिचेर मतदानको क्षणलाई स्मरणीय बनाएका थिए । 

सम्बन्धित खबर