
काठमाडौँ : काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा उत्साहका साथ शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।
प्रतिनिधि सभा सदस्यको निर्वाचनका क्रममा काठमाडौँका ८१७ वटै मतदान केन्द्रमा उत्साहका साथ मतदान जारी रहेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिए ।
निर्वाचनका लागि उच्चस्तरको शान्ति सुरक्षाको प्रत्याभूति गरिएकाले मतदाताहरू उत्साहपूर्वक मतदान प्रक्रियामा सहभागी भएको उनले बताए। प्रजिअ पौडेल नेतृत्वको टोली अहिले काठमाडौँका विभिन्न मतदानस्थलको अनुगमनमा निस्केको छ ।