
काठमाडौंः ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ मा स्थानीयले मतदान बहिष्कार गरेका छन् ।
प्रादेशिक अस्पताल निर्माणको माग सम्बोधन नभएको विषयलाई लिएर आक्रोशित रहेका मतदाताले मतदान बहिष्कार गरेका हुन् ।
७०१ जना मतदाता संख्या रहेको यो मतदानस्थलमा बिहान १० बजेसम्म पनि कोही मतदाताले मतदान गरेका छैनन् ।