२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

अस्पताल नबनेपछि ७०१ मतदाताले गरे चुनाव बहिस्कार 

shivam cement
२०८२ फागुन २१ गते ११:१६
Shares
अस्पताल नबनेपछि ७०१ मतदाताले गरे चुनाव बहिस्कार 

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ मा स्थानीयले  प्रादेशिक अस्पताल निर्माणको माग गर्दै धेरै अघिदेखि दलहरुलाई दबाब दिइरहेका थिए । तर, आफ्नो माग पूरा नभएपछि बिहीबारको मतदान नै बहिष्कार गरेका छन्। 

बिहान ११ बजेसम्म सो क्षेत्रका कुनै पनि मतदाताले मतदान नगरेको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रान्तीले जनाए । मानेभञ्ज्याङ–७ स्थित शहीद स्मृति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी मात्र छन् । उक्त केन्द्रमा ७०१ जना मतदाता रहेकामा एक जना पनि मतदानका लागि गएका छैनन् ।  ‘अहिलेसम्म कसैले पनि मत खसाल्नुभएको छैन,’ प्रजिअ मंग्रान्तीले भने ।

स्थानीयले प्रादेशिक अस्पताल निर्माणको माग सम्बोधन नभए चुनाव बहिस्कार गर्ने चेतावनी दिइरहेका थिए । तर, कुनै दलले सम्बोधन नगरेपछि मतदानमा भाग नलिएका हुन् । 

सम्बन्धित खबर