२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

दाङका निकुन्ज प्रभावित १२ सय मतदाताले गरे चुनाव बहिस्कार 

shivam cement
२०८२ फागुन २१ गते ११:५३
Shares
दाङका निकुन्ज प्रभावित १२ सय मतदाताले गरे चुनाव बहिस्कार 

बाँके राष्ट्रिय निकुञ्ज प्रभावित दाङका मतदाताले बबइ गाउँपालिका–७ देउती मावि मलई मतदान केन्द्र र बबई–१ मा रहेको जनता आधारभूत विद्यालयको केन्द्रमा मतदान बहिस्कार गरेका छन् । 

बिहान ११ बजेसम्म मतदाताहरु नआएको जिल्ला प्रहरी दाङले जनाएको छ । दाङ क्षेत्र नं. ३ मा पर्ने यी बस्तीमा १ हजार २ सय १२ मतदाता छन् ।

मलईमा ६ सय ८२ र बबइ–१ को जनता आधारभूत विद्यालयमा ५३० मतदाताले चुनाव बहिस्कारको घोषणा गरका हुन् । निकुञ्च प्रभावित संघर्ष समितिका अध्यक्ष चन्द्रबहादुरले राङ मगरले आफूहरुले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको बताउँदै माग पूरा नभएकाले गाउँबासीले सल्लाह गरेरै मतदान नगर्ने निर्णय गरेको जनाए । 

स्थानीय बासिन्दाले लामो समयदेखि बस्ती स्थान्तरणको माग राख्दै आन्दोलन गरिरहेका छन् । दाङका साविकका पञ्चकुले र पुरन्धारा गाविसका केही भू–भागहरूलाई मध्यवर्ती क्षेत्रका रूपमा घोषणा गरिएको थियो । त्यस क्षेत्रमा निकुञ्ज घोषणासँगै वन्यजन्तु वृद्धि भएकाले विभिन्न आफूहरु पीडित भएको स्थानीयको गुनासो छ । 
 

सम्बन्धित खबर