२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

ईश्वर पोखरेलले गरे मतदान

shivam cement
२०८२ फागुन २१ गते १४:४४
Shares
ईश्वर पोखरेलले गरे मतदान

काठमाडौं : नेकपा एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यहाँको टोखा नगरपालिका–६, को वडा कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज उनले मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै लोकतन्त्र सुदृढ बनाउन नागरिकको सहभागिता महत्त्वपूर्ण रहेको बताए ।

उनले देशमा उत्पन्न विषम परिस्थितिका बीच भइरहेको निर्वाचनमा उत्साहपूर्वक सहभागी भई आफ्नो अभिमत जाहेर गर्न आग्रह गरे । उनी काठमाडौं निर्वाचन क्षेत्र नं ५ मा एमालेबाट उम्मेदवारसमेत छन् । 

सम्बन्धित खबर