
काठमाडौं : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बिहीबार जारी मतदानमा ३ बजेसम्ममा देशभरि ७४ लाख मत खसेको छ ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान जारी छ ।
देशभरिका १६५ निर्वाचन क्षेत्रमा दिउँसो ३ बजेसम्म ७४ लाख १४ हजार १०१ मत खसेको हो । कुल मतदाताको ४० प्रतिशत मत खसेको हो ।