२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

सुर्खेतमा दिउँसो ४ बजेसम्म ५० प्रतिशत मतदान

shivam cement
२०८२ फागुन २१ गते १६:५९
Shares
सुर्खेतमा दिउँसो ४ बजेसम्म ५० प्रतिशत मतदान

काठमाडौँ : प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सुर्खेत जिल्लामा अहिलेसम्म करिब ५० प्रतिशत मतदाता मतदानमा सहभागी भएका छन् ।

प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार जिल्लाको क्षेत्र नम्बर १ मा ६२ हजार ५ मत खसेको छ भने क्षेत्र नम्बर २ मा ६६ हजार ८५७ मत दर्ता भएको छ । सुर्खेतमा कुल मतदाता संख्या २ लाख ४८ हजार ९४३ रहेको छ ।

जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको प्रशासनले जनाएको छ। सुर्खेतमा दुई निर्वाचन क्षेत्र छन् । यीमध्ये दुई अस्थायी केन्द्रसहित कुल २४२ मतदान स्थल सञ्चालनमा छन् भने तीन अस्थायी केन्द्रसहित ३०५ मतदान केन्द्र उपलब्ध छन् ।

कर्णाली प्रदेशभर अहिलेसम्म ४९ प्रतिशत मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

सम्बन्धित खबर