२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

रुकुम पश्चिममा खस्यो करिब ६३ हजार मत

shivam cement
२०८२ फागुन २१ गते १८:३६
Shares
रुकुम पश्चिममा खस्यो करिब ६३ हजार मत

रुकुम पश्चिम : रुकुम पश्चिममा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा ५८.४४ प्रतिशत मतदान भएको छ । प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थानीका अनुसार कुल १ लाख ६ हजार ६० मतदाता रहेको जिल्लामा ६२ हजार ९ सय ६७ मत खसेको हो ।

जसमध्ये महिला ३४ हजार ६ सय ३ र पुरुष २० हजार ३ सय ६४ मतदाता सहभागी भएका छन् । यसपटकको मतदान प्रतिशत २०७९ सालको प्रतिनिधि सभा निर्वाचनको तुलनामा करिब ५ प्रतिशतले बढी हो ।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा रुकुम पश्चिममा ५४.०४ प्रतिशत मतदान भएको थियो । त्यसबेला १ लाख ४ हजार २ सय ८० मतदाता रहेकामा ६० हजार १ सय ११ मत खसेको थियो। यस आधारमा यसपटक मतदाता सहभागिता उल्लेख्य रूपमा बढेको देखिएको छ ।

जिल्लामा रहेका ७६ मतदान स्थलअन्तर्गत १ सय ४२ मतदान केन्द्रमा मतदान सञ्चालन गरिएको थियो । तीमध्ये २ वटा अस्थायी मतदान केन्द्र थिए। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो ।

प्रजिअ थानीका अनुसार सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ ।

सबै स्थानीय तहका संकलन केन्द्रबाट मतपेटिका संकलन गरी मुख्य निर्वाचन कार्यालयमा ल्याउने काम भइरहेको र सबै मतपेटिका प्राप्त भएपछि मतगणना सुरु गरिने मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

रुकुम पश्चिममा नेपाली कांग्रेसबाट राजु केसी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट जर्नादन शर्मा, नेपाली कम्युनिष्ट पार्टीबाट गोपाल शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मानबहादुर शाही, नेपाल कम्युनिष्ट पार्टी (सयुंक्त)बाट शेरबहादुर केसी, नेपाल कयुनिष्ट पार्टी (माओवादी)बाट चन्द्रबहादुर बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपाल खड्का, नेपाल मजदुर किसान पार्टीबाट धनबहादुर विक, आम जनता पार्टीबाट प्रेमा दमाई नेपाली र राष्ट्रिय जनमोर्चाबाट सत्य नारायण श्रेष्ठ चुनावी मैदानमा छन् ।

सम्बन्धित खबर