
काठमाडौं उपत्यकाका मतगणना भइरहेका सबै जिल्लामा रास्वपाका उम्मेदवारहरुले अग्रता लिएका छन् ।
काठमाडौं १ रास्वपाकी रञ्जु दर्शना अरु उम्मेदवारभन्दा धेरै अगाडि छिन् भने काठमाडौं ३ मा राजु पाण्डे अघि बढेका छन् । प्रारम्भीक मतगणनामा उज्यालो नेपालका कुलमान घिसिङ अगाडि देखिए पनि अहिले पाण्डेले अग्रता लिएका छन् ।
काठमाडौं ४ मा पुकार बम र ५ मा सस्मित पोखरेलले अग्रता बढाउँदै गएका छन् । त्यस्तै, ६, ८, ९ र १० मा पनि रास्वपाले प्रारम्भीक अग्रता कायम गरेको छ । त्यो प्रतिस्पर्धी नेपाली कांग्रेस र नेकपा एमालेभन्दा धेरै बढी छ । भक्तपुरका दुबै क्षेत्रमा रास्वपा अगाडि छ । त्यस्तै, ललितपुर ३ मा पनि रास्वपाकी डा तोषिमा कार्कीले फराकिलो अग्रता कायम गरेकी छिन् ।
देशभर मतगणना भइरहेका २२ निर्वाचन क्षेत्रमा १७ क्षेत्रमा रास्वपा, तीन वटामा कांग्रेस र दुई वटामा एमालेले अग्रता लिएका छन् ।