२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

कतारमा भ्रामक सूचना फैलाएको आरोपमा १ सय ९४ जना पक्राउ

shivam cement
२०८२ फागुन २२ गते ०६:५७
Shares
कतारमा भ्रामक सूचना फैलाएको आरोपमा १ सय ९४ जना पक्राउ

कतार : भ्रामक सूचना फैलाएको आरोपमा कतारको आन्तरिक मन्त्रालयले विभिन्न देशका १ सय  ९४ जना नागरिकलाई पक्राउ गरेको छ ।

मन्त्रालयका अनुसार आपराधिक अनुसन्धान महानिर्देशनालय अन्तर्गतको आर्थिक तथा साइबर अपराध विरुद्धको विभागले हालैका घटनाक्रमहरूसँग सम्बन्धित भ्रामक सूचना प्रसारण गरेको आरोपमा ती व्यक्तिहरूलाई पक्राउ गरिएको जनाएको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पक्राउ परेका व्यक्तिहरूले गलत सन्देश प्रवाह गरेको र क्लिपहरू खिच्दै सार्वजनिक गरेको आरोपमा पक्राउ गरिएको स्पष्ट पारेको छ । यस्ता कार्यहरूले जनमानसमा नकारात्मक सन्देश जाने हुदॉ सम्बन्धित निकायले जारी गरेका निर्देशनहरूको उल्लङ्घन गरेको मन्त्रालयको ठहर छ ।

यी कार्यमा संलग्न व्यक्तिहरू विरुद्ध कानुनी प्रक्रिया चालिसकिएको जनाउँदै मन्त्रालयले कतारमा रहेका नागरिकलाई आक्रमण सँग सम्बन्धित भिडियोहरू खिच्न वा अफवाह नफैलाउन आग्रह गरेको छ ।

मन्त्रालयले आधिकारिक स्रोतहरूबाट मात्र सूचना लिन जोड दिँदै नागरिकमा भ्रामक सामग्री प्रकाशित गर्ने र नियम उल्लङ्घन गर्ने जो कोही विरुद्ध आवश्यक कानुनी कारबाही गर्ने प्रतिबद्दता व्यक्त गरेको छ ।

सम्बन्धित खबर