
गण्डकी प्रदेशको राजधानी जिल्ला कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारले अग्रता लिएका छन् । कास्की १ मा रास्वपाका खडकराज पौडेल ‘गनेस’, २ मा उत्तमप्रसाद पौडेल र ३ मा विना गुरुङले अग्रता फराकिलो पार्दै लगेको मध्यान्हकर्मीले जनाएका छन् ।
कास्की १ को पछिल्लो मतगणना अनुसार, रास्वपाका पौडेलले २ हजार ६५३ मत ल्याउँदा कांग्रेसका तिलक रानाभाटले १ हजार १२३, एमालेका बैनबहादुर क्षेत्रीले १ हजार ५०० मत प्राप्त गरेका छन् । नेकपाका राजकाजी गुरुडले १२९ मत मात्र प्राप्त गरेका छन् ।
कास्की २ मा रास्वपाका उत्तमप्रसाद पौडेलले २ हजार ४१७ मतसहित अग्रता लिएका छन् । उनलाई एमालेका रश्मि आचार्यले १ हजार २१४ मत र कांग्रेसका माधवप्रसाद बाँस्तोलाले ७१७ मतसहित पछ्याइरहेका छन् । त्यहाँ नेकपाका हेमबहादुर थापाले ९३ मत प्राप्त गरेका छन् ।
कास्की ३ मा रास्वपाकी विना गुरुड २ हजार ७४ मतसहित अगाडि छिन् । काग्रेसका मनोज गुरुङले ८९५ र एमालेका दामोदर पौडेल वैरागीले ५६७ सहित पछ्याइरहेका छन् भने नेकपाका गोपाल गिरीले ११८ मत प्राप्त गरेका छन् । मतगणना जारी छ।