२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

रुपन्देही ४ मा एमालेका प्रमोद यादवको अग्रता, पछ्याउँदै कांग्रेस 

shivam cement
२०८२ फागुन २२ गते ०८:४६
Shares
रुपन्देही ४ मा एमालेका प्रमोद यादवको अग्रता, पछ्याउँदै कांग्रेस 

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्र्तगत रुपन्देही क्षेत्र नं. ४ को मत गणनामा नेकपा एमालेले सुरुआती अग्रता लिएको छ । ८ हजार ४६३ मत गणना हुँदा एमालेका प्रमोद यादवले २ हजार ६९८ मतसहित अग्रता लिएका छन् ।

नेपाली कांग्रेसका आशुतोष मिश्रले २ हजार २४७, रास्वपाका कन्हैया बनियाँले १ हजार ८३०, जसपाका सर्वेन्द्रनाथ शुक्लाले ६ सय ६९, जनमत पार्टीका भोपेन्द्र यादवले २१९ मत, राप्रपाका अनिउद्दिन खानले १२९ र नेकपाका बावुलाल यादवले ४७ मत पाएका छन् ।

एमालेका यादव २०७४ को चुनावमा कांग्रेसबाट यही क्षेत्रबाट निर्वाचित सांसद हुन् । २०७९ को चुनावमा पराजित भए पनि यसपटक टिकट नपाएपछि एमालेबाट उम्मेदवार बनेका हुन् । 
 

सम्बन्धित खबर