
काठमाडौँ : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदाताको फैसला स्वीकार्य भएको बताएका छन् । प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा अनुकूल परिणाम नदेखिएपछि उपसभापति यस्तो बताएका हुन् ।
गत निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अप्रत्याशित अग्रता लिएपछि उनले सामाजिक सञ्जाल एक्समार्फत् मतदाताको फैसला स्वीकार्य भएको बताएका हुन् ।
उपसभापति शर्माले भनेका छन, ‘०७९ मै प्रस्तुत संकेतका दृष्टिले यो अप्रत्याशित होइन । चर्को आशा अर्को निराशामा बदलिनु हुन्न । देशको मुल प्रश्नमा साथ र खबरदारी दुवै रहने छ ।’
‘ ‘बुलेट’ बाट उदाएको माओवादीलाई स्वागत गरेको स्मरण गर्दै ‘ब्यालेट’ बाट आउँदै गरेको रास्वपालाई स्वागतसमेत गरेका छन्