
काठमाडौंः धनुषा निर्वाचन क्षत्रे नम्बर ३ मा मत गणना जारी छ । मत पेटिका ओसारपसारको काम सकिएसँगै सर्वदलीय बैठक बसेर मत गणना सुरु गरिएको हो ।
जसमा रास्वपाका उम्मेदवारको अग्रता कायम छ । धनुषा ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झा, नेपाली कांग्रेसका विमलेन्द्र निधी र नेकपा एमालेबाट जुलीकुमारी महतो प्रतिष्पर्धामा छन् । मतगणना स्थल बाहिर समर्थकहरूको बाक्लो उपस्थिति रहेको छ ।