२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

ललितपुर–१ मा कांग्रेसका राणाको अग्रता

shivam cement
२०८२ फागुन २२ गते ११:२१
Shares
ललितपुर–१ मा कांग्रेसका राणाको अग्रता

ललितपुरः ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर राणाको अग्रता कायमै रहेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा बिहान १०ः३० बजेसम्मको परिणामअनुसार राणाले तीन हजार १४४ मत प्राप्त गरेकाख छन् । यसैगरी नेकपा (एमाले)का उम्मेदवार चेतनाथ सञ्जेलले एक हजार ७५३ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले एक हजार ६५२ मत प्राप्त गरेका छन् । 

यस क्षेत्रमा कुल ७७ हजार ७३७ मतदातामध्ये ५२ हजार ६३२ मत खसेको थियो । यहाँ विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी २८ जना प्रत्यासी छन् । 

सम्बन्धित खबर