
काठमाडौँ : काभ्रेपलाञ्चोक-१ को मतगणना ११ बजेदेखि सुरु हुने भएको छ । सर्वदलीय बैठकपछि ११ बजेदेखि मतगणना गर्ने निर्णय गरिएको हो ।
प्रत्येक वडाको छुट्टाछुट्टै गणना गरिने गरी सर्वदलीय सहमति भएको भएको छ । यस क्षेत्रमा १५ दलका र ३ स्वतन्त्र गरी १८ जना उम्मेदवार प्रतिष्पर्धामा उत्रिएका छन् । नेपाली कांग्रेसका गुणराज मुक्तान, नेकपा एमालेका अमि (अमित) लामा, नेपाली कम्यूनिष्ट पार्टीका दिनानाथ गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीका मधुकुमार चौलागाँई, उज्यालो नेपाल पार्टीका योगेन्द्र लामा, राष्ट्रिय प्रजातन्त्र पार्टीले नवराज सत्याल र नेमकिपाबाट राजु तामाङ उम्मेदवार रहेका छन् ।
यस्तै, नेशनल रिपब्लिक नेपालबाट भरत तामाङ, मंगोलनेसनल अर्गनाइजेसनबाट कमलबहादुर लामा, जसपा जनता समाजवादी पार्टी नेपालबाट मानबहादुर तामाङ, श्रम संस्कृति पार्टीबाट धिराज लामा, नेकपा माओवादी विप्लव समूहबाट कान्छा तामाङ उम्मेदवार छन् ।
प्रगतिशील लोकतान्तित्रक पार्टीबाट ज्ञानेन्द्रकुमार श्रेष्ठ, संयुक्त नागरिक पार्टीबाट रत्न लामा, समावेशी समाजवादी पार्टीबाट पारलिंगी महिला विनोद लामा तथा राजेशकुमार श्रेष्ठ, युवराज चौलगाईं र जीवन लामा स्वतन्त्र उम्मेदवार छन् ।