
काठमाडौँ : चितवन–१ मा रास्वपाका हरि ढकाल पछि परेका छ। पछिल्लो मत परिणाम अनुसार एमालेका दावा दोर्जे लामाले ९६३ मत ल्याएर अग्रता कायमै राखेका छन् ।
नेपाली कांग्रेसका जेन्द्रप्रसाद बुर्लाकोटीले ७३९ मत ल्याएर दोस्रो हुँदा रास्वपाका हरि ढकाल ४८३ मत ल्याएर तेस्रो स्थानमा छन् ।
नेकपाका डा.कृष्ण पन्तले ३१० मत ल्याउँदा राप्रपाका बलराम खनालले १६ मत ल्याएका छन् । अहिलेसम्म यहाँ २ हजार ८३० मत गणना भएको छ ।