
विराटनगर : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा मोरङ क्षेत्र नम्बर–६ मा नेपाली कांग्रेसका उम्मेदवार डा शेखर कोइराला पछाडि परेका छन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उमेदवार रुबिना आचार्यले फराकिलो अग्रता कायम गरेकी छन् ।
आचार्यले हालसम्म तीन हजार ४२३ मत प्राप्त गरेकी छन् भने कोइरालाले ७२८ मत पाएका छन् ।
नेकपा एमालेका उमेदवार विनोद ढकालले ६२७ मत ल्याएका छन् । नेपाली कम्युनिष्ट पार्टीका उमेदवार ओपेन्द्र रायले ११० मत पाएका छन् ।