
काठमाडौँ : प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नम्बर–१ मा जारी मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ । हालसम्मको गणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सागर ढकाल अग्रस्थानमा रहेका छन् ।
प्राप्त विवरण अनुसार ढकालले २४३ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुदर्शन बरालले १३० मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् ।
यसैगरी नेकपा (एमाले)का उम्मेदवार प्रदीप ज्ञवालीले ११८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार डा. चन्द्र भण्डारीले १०३ मत पाएका छन् ।