२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

भक्तपुर-१ मा रास्वपाका रुकेश रञ्जित ८ हजार ३०८ मतसहित अग्रस्थानमा

shivam cement
२०८२ फागुन २२ गते १३:१९
Shares
भक्तपुर-१ मा रास्वपाका रुकेश रञ्जित ८ हजार ३०८ मतसहित अग्रस्थानमा

काठमाडौँ : प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र नम्बर-१ मा जारी मतगणनाको पछिल्लो परिणाम सार्वजनिक भएको छ । पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रुकेश रञ्जित अग्रस्थानमा रहेका छन् ।

हालसम्म १५ हजार ७६४ मत गणना हुँदा रञ्जितले ८ हजार ३०८ मत प्राप्त गरेका छन्। नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवार प्रेम सुवालले ५ हजार १७६ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् ।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार किरण न्यौपानेले १ हजार ३०७ मत पाएका छन् भने नेकपा (एमाले)का उम्मेदवार सोमप्रसाद मिश्रले ६९४ मत प्राप्त गरेका छन् । यस अवधिसम्म ४६८ मत बदर भएको पनि निर्वाचन सम्बन्धी विवरणमा उल्लेख गरिएको छ ।

सम्बन्धित खबर