
काठमाडौँ : रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यतर्फको मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेश चौधरी अग्रस्थानमा देखिएका छन् ।
आज बिहान करिब १० बजेदेखि सुरु भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार चौधरीले सबैभन्दा बढी मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन् ।
हालसम्म गणना भएको मतअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घण्टी लिएर चुनावी मैदानमा रहेका चौधरीले १ हजार ४ सय ९९ मत प्राप्त गरेका छन् । यसैगरी जनमत पार्टीका उम्मेदवार (छाता) ६३१ मत सहित दोस्रो स्थानमा रहेका छन् । नेपाली कांग्रेसका उम्मेदवार (रुख) ३६६ मत सहित तेस्रो स्थानमा छन् भने नेकपा एमालेका उम्मेदवार (सूर्य) ३९९ मत प्राप्त गर्दै चौथो स्थानमा रहेका छन् ।
त्यसैगरी पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल भने ३२० मत प्राप्त गर्दै पाँचौँ स्थानमा रहेका छन् । प्रारम्भिक मतगणनाले यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई बलियो अग्रता दिलाएको देखिएको छ भने अन्य दलका उम्मेदवारबीच प्रतिस्पर्धा कायमै रहेको छ ।