२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

धादिङ-१ मा आशिका तामाङ ४ हजार ३१७ मतसहित अगाडि

shivam cement
२०८२ फागुन २२ गते १४:३५
Shares
धादिङ-१ मा आशिका तामाङ ४ हजार ३१७ मतसहित अगाडि

धादिङ : धादिङ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ मा रास्वपाका आशिका तामाङ चार हजार ३१७ मतसहित अगाडि छिन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँ नेकपा (एमाले) का भूमि त्रिपाठीले दुई हजार ९४, नेपाली काँग्रेसका कृष्ण रिजालले एक हजार १८६ र तारा नेपाली कम्युनिस्ट पार्टीका राजेन्द्र पाण्डेले एक हजार १२४ मत प्राप्त गरे ।

क्षेत्र नं २ को मतगणना सुरु भएको छैन। सर्वदलीय बैठकमा नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधि उपस्थित नभएपछि गणना अगाडि बढ्न नसकेको सहायक निर्वाचन अधिकृत राजेन्द्र लुइँटेलले जानकारी दिए ।

सम्बन्धित खबर