२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

निर्वाचनले मुलुक र संविधान जोगायो, सुशासनको नयाँ मानक स्थापित भयोः गृहमन्त्री अर्याल

shivam cement
२०८२ फागुन २२ गते १४:३५
Shares
निर्वाचनले मुलुक र संविधान जोगायो, सुशासनको नयाँ मानक स्थापित भयोः गृहमन्त्री अर्याल

काठमाडौंः गृहमन्त्री ओमप्रकाश अर्यालले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनले मुलुक, मानवता र संविधान जोगाएको बताएका छन् । निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र विगतको भन्दा निकै गुणस्तरीय भएको दाबी गर्दै उनले यसले राजनीतिक सुशासनको नयाँ मानक स्थापित गरेको बताएका हुन् । 

गृहमन्त्री अर्यालकाअनुसार यदि निर्वाचन हुन नसकेको भए देश, मानवता र संविधान सबै गम्भीर जोखिममा पर्ने अवस्था थियो । यस पटकको निर्वाचनमा रगतको एक थोपा पनि नबगेको उल्लेख गर्दै उनले वर्तमान सरकार गठन भएदेखि नै राजनीतिक हिंसाको अन्त्य भएको दाबी गरे । 

विगतका निर्वाचनहरूमा धेरै ठाउँमा झडपका कारण मतदान स्थगन गर्नुपर्ने र पुनः चुनाव गराउनुपर्ने बाध्यता रहे पनि यसपटक देशभर एकैचोटी शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको उनले जानकारी दिए । यसलाई चुनावी सरकारको ठूलो सफलता मान्दै उनले अब राजनीतिक सुशासनका लागि नयाँ मानक तय भएको स्पष्ट पारे ।   

सम्बन्धित खबर