
काठमाडौं : काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ रञ्जु न्यौपानेले वैकल्पिक राजनीतिको जित भएको प्रतिक्रिया दिएकी छन् ।
शुक्रबार निर्वाचनको औपचारिक घोषणापछि सञ्चारकर्मीसँग कुरा गर्दै न्यौपानेले यस्तो प्रतिक्रिया दिएकी हुन् । उनले ३५–३६ वर्षदेखि बारम्बार मतदाताले नेपाली नागरिकलाई धोका दिनेहरुलाई ढोका बन्द गरिदिएको पनि बताइन् ।
उनले आफूलाई बहुमतले निर्वाचित गराउने काठमाडौं–१ का मतदातालाई धन्यावाद समेत दिए । उनले आफूहरुको वास्तविक लडाइँ अब सुरु हुने पनि बताए ।
उनले विवेकशील राजनीतिको समेत जित भएको प्रतिक्रिया दिइन् ।