२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित

shivam cement
२०८२ फागुन २३ गते ०९:०३
Shares
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित

म्याग्दीः म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् ।

२२ हजार ८५० मतका साथ पुन निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिए ।  

नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ८८४ र नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले ३ हजार ५२९ मत प्राप्त गरे । बिहीबार भएको मतदानमा म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो । 
 

सम्बन्धित खबर