
लुम्बिनीः रुपन्देही क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल विजयी भएका छन् ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनले ५६ हजार ५५० मत प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विष्णुप्रसाद पौडेलले १२ हजार ८६१ मत प्राप्त गरे। नेपाली कांग्रेसका चुन्नुप्रसाद पौडेलले नौ हजार ३९२ मत प्राप्त गरे ।