२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

जाजरकोटमा शक्ति बस्नेत पराजित, कांग्रेसका बुढा विजयी

shivam cement
२०८२ फागुन २३ गते १५:१८
Shares
जाजरकोटमा शक्ति बस्नेत पराजित, कांग्रेसका बुढा विजयी

जाजरकोट : जाजरकोटमा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत पराजित भएका छन् । नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार रहेका बस्नेतलाई नेपाली कांग्रेसका खड्गबहादुर बुढाले २ हजार ७३५ मतान्तरले पराजित गरेका हुन् ।

निर्वाचित बुढाले २० हजार १४२ मत ल्याएका छन् ।  बस्नेतले १७ हजार ४०७ मत ल्याए । त्यस्तै, नेकपा एमालेका डम्बरबहादुर सिंहले १६ हजार ८८३ मत पाए । रास्वपाले राघव कार्कीले २ हजार ४७१ मत पाए ।

निर्वाचित भएका कांग्रेसका बुढा ०७४ मा शिवालय गाउँपालिका अध्यक्ष पदको चुनावमा पराजित भएका थिए । 

यद्यपि, उनी जिल्लामा युवाहरूबिच परिचित युवा नेता हुन् । विद्यार्थी राजनीतिबाट उदाएका उनी पार्टीको जिल्ला उपसभापति तथा कार्यवाहक सभापति छन् ।

बुढा पश्चिम क्षेत्रका उम्मेदवार हुन् । उनी बाहेक सबैजसो उम्मेदवारहरू पूर्वी जाजरकोटबाट थिए । ०५६ सालयता पश्चिम क्षेत्रबाट उम्मेदवार पाएको थिएन । जसका कारण उनले सहानुभूतिको मत पाएका छन् ।

सम्बन्धित खबर